काठमाडौं: काठमाडौंबाट खोटाङका लागि हिँडेको जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको छ । जीप नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् )सीटीईभीटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप नदीमा खसेको हो ।
एकजना जीवितै सुनकोशीबाट निस्कन सफल भए पनि बाँकी तीनजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।



