काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको बताउनु भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताउदै नेपालको जमिन साट्ने कुरा कानुन संविधान विपरीत रहेको र भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताउनु भयो ।
ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको समेत बताउनु भएको छ ।



