काठमाडौं :कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ वर्षीया दुर्गा थापा मृत भेटिएकी हुन।
उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्। राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो, मृत्युको कारण खुल्न सकेको छैन’, । अहिले शव पोस्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।



