२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ

images

सत्कार खबर
  • २०८० जेठ ३१, बुधबार
  • 1.2K
    SHARES
  • अनलाइन जुवा खेलेको आरोपमा ५ नेपाली पक्राउ

     काठमाडौं :प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत् सट्टेबाजी गरेर करोडौंको कारोबार गर्ने पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

    वान एक्स वेटबाट सट्टेबाजी गर्नेमध्ये पक्राउ पर्ने मुख्य व्यक्ति दिनेश खड्काले मात्रै ६४ करोडभन्दा बढीको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीले जानकारी  दिनु भयो । 

    त्यस्तै पक्राउ परेका अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछानेले पनि करोडौंको कारोबार गरेको देखिएको केसीले बताउनु भयो । पक्राउ परेका लामिछानेसँग ३५ लाख नगद पनि बरामद गरिएको उहाँले बताउनु भयो । 

    पक्राउ परेका व्यक्तिहरूबाट अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीको कारोबार गर्ने प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ