२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सातौँ दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक बिजेतलाई नगदसहित सम्मानित

images

  • २०८० पुस २३, सोमबार
  • 8.3K
    SHARES
  • सातौँ दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक बिजेतलाई नगदसहित सम्मानित

    घलेगाउँ : सातौँ दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता लमजुङका खेलाडी अङ्कित गुरुङलाई जिल्ला कराते महासङ्घ, लमजुङले सम्मान गरेको छ। जिल्ला कराते महासङ्घ, लमजुङले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल अङ्कित गुरुङलाई नगदसहित सम्मान गरेको हो। 

    गुरुङले सिनियर ६० के.जी. तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भई लमजुङ, गण्डकी प्रदेश सिङ्गो राष्ट्रको गरिमालाई उच्च बनाउन सफल भएकोमा नगद र सम्मान-पत्र प्रदान सम्मान गरेको हो। सङ्घले आज एक कार्यक्रमकाबीच कार्यक्रममा प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङको हात अङ्कित गुरुङलाई रु २० हजार र सम्मान पत्रले सम्मान गरेको थियो। राष्ट्रका लागि पदक जितेका खेलाडीलाई हौसला प्रदान गर्नका लागि सम्मान गरिएको सङ्घका अध्यक्ष प्रेम बहादुर गुरुङको भनाइ छ।

    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कराते महासङ्घ, लमजुङ सचिव तुल बहादुर गुरुङ र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।यस कार्यक्रममा क्व्होलासोथार गाउँपालिका घले गाउँस्थित स्वर्ग भूमि खेलमैदान भएको थियो।

    111.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ