काठमाडौँ : सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो।
जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको छ।
गत पुस १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ढकालको इजलासले फैसला गर्दै सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो। गौशाला २६ को माग बमोजिम उनको उमेर नाबालिग भने नरहेको अदालतले फैसलामा उल्लेख छ।



