काठमाडौं : कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गर्नुहुने भएको छ ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गर्नुभएको छ । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गर्नुभएको बुझिएको छ ।
कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको गठबनधनसँग बराबर सिट रहँदा कुन पक्षले बहुमत जुटाउन सक्छ भन्ने टुंगो छैन ।



