काठमाडौं : देशमा रोजगारको अभाव हुँदा दिनहुँ १२ देखि १५ सय युवाहरु जिविकोपार्जनकै लागि विदेशिन बाध्य छन् । अधिकांश नेपाली युवा सुन्दर सपना बोकेर बिदेशिने गरेका छन् ।
बिदेसिनु उनीहरूको रहर नभई बाध्यता नै बनेको छ । लाखौँ नेपाली युवाहरु दैनिक चलाउन र परिवारको हातमुख जोड्नकै लागि विदेश जान बाध्य छन् । घर परिवार छोडेर धन कमाउने आशमा विदेशिनेहरुको पीडा कति छ ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुको संख्या उलेख्य छ । नेपालमा रोजागारको उचित व्यवस्था नहुँदा परिवारको खुशीको लागि भएनी विदेश जान बाध्य भएको दुखेसो युवाहरु पोख्छन् ।
परिवारको साथ छोडेर विदेश जानुपरेको भन्दै विमानस्थलमा सरकारसंग आक्रोश पोख्नेको पनि कमी छैन । बर्षौ परदेशमा बिताएर अब कहिल्यै विदेश नजाने भन्दै स्वदेश फर्किएका कतिपय भने सरकारले रोजगारको सिर्जना गरिदिएको भए परिवारलाई छोडेर जानु पर्ने स्थिति नआउने बताउछन् ।रोजगारको नयाँ सम्भावना पनि देखिएको छैन ।
सरकार चलाउनेहरू यहीँ रोजगारी सिर्जना गर्ने भन्दा पनि युवाशक्तिलाई विदेश पठाएर रेमिट्यान्स खाएर बस्ने मानसिकताबाट माथि उठ्न सकेका छैनन् ।



