२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौं पानी पठाउने मेलम्चीको सुरूङ बन्द गरियो

images

  • २०८० असार २०, बुधबार
  • 1.7K
    SHARES
  • काठमाडौं पानी पठाउने मेलम्चीको सुरूङ बन्द गरियो

    काठमाडौं : नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ। सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनु भयो।

    ‘धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘३/४ दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ। खोलामा धमिलो पानी बगुञ्जेल काठमाडौं पानी पठाउन सकिन्न।’

    गत जेठमा सुरूङभित्र ढुंगा-बालुवा नछिरोस् भनेर उपकरण राखिएको थियो। तथापि थेग्रिनी पस्न थालेपछि सुरूङ बन्द गरिएको पन्तले बताउनु भयो।२०७८ असार १, साउन १६ र १७ गते भ्रेमथाङबाट आएको भेलबाढीले मेलम्ची खानेपानीको हेडवर्क्स तहसनहस बनाएको थियो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ