२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, भ्रस्टाचारको फाईल खोल्न सहयोग गर्ने

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 931
    SHARES
  • रास्वपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, भ्रस्टाचारको फाईल खोल्न सहयोग गर्ने

    तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्र्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।  सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।  

    बैशाख १८ चितवन। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्। 

    सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हु्न्। 

    ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्र्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने। 

    सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रधानमन्त्रीले बताएका छन् ।  

    ‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं,’ प्रधानमन्त्रीले भने,‘समर्थन फिर्ता लिने स्थिती बन्ने मैले देखेको छैन।’


    छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको पनि प्रधानमन्त्रीले बताए।  

    ‘पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक होइन। त्यसैमा अडिनुहुन्छ भन्नेपनि ठानेको छैन। फेरि त्यही भन्ने चाहीँ हुँदैन,’ उनले भने। 
    प्रधानमन्त्री प्रचण्डले सरकार पाँचै वर्ष टिक्ने बताउँदै सरकारको भविष्यलाई लिएर भएका चर्चा भ्रमपूर्ण रहेको बताए।   

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ