२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालले नवौं विकेट लिएपछि बर्षाका कारण फेरि रोकियो खेल

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 761
    SHARES
  • नेपालले नवौं विकेट लिएपछि  बर्षाका कारण फेरि रोकियो खेल


     काठमाडौं  : नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ।  एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध  नवौं विकेट लिएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाले रोकिएको हो। 

    युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे।

    नेपालका लागि सन्दीप लामिछानले सातौं विकेट लिए। उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। युएईले २५.४ ओभरमा ७ विकेट गुमाउदा १०३ रन जोडेको छ।

    त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरेका छन्। युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ