२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आइसिसी यु–१९ विश्वकप क्रिकेट

आइसिसी यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

images

  • २०८० माघ १२, शुक्रबार
  • 511
    SHARES
  • आइसिसी यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

    काठमाडौँ : आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ।दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले २ ओभरमा २ विकेट लिएको छ।

    नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक÷एक विकेट लिए। नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए। त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्ताका खालिद तानिवालाई आउट गराए। 

    नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन्। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नुपर्ने दबाब छ। समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो। 

    अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ