लमजुङ : मर्स्याङ्दी कराते डोजोमा प्रशिक्षणरत १७ जना खेलाडीहरू ब्ल्याक बेल्ट सो डानबाट दीक्षित भएका छन्। गत पौष १४ गते देखि १७ गतेसम्म धादिङको गजुरीमा सम्पन्न ९ औँ अन्तर्राष्ट्रिय कराते सेमिनार तथा ब्ल्याक परीक्षामा सहभागी भई उत्तीर्ण हुन सफल खेलाडीहरूलाई माघ १४ दीक्षान्त कार्यक्रम गरी प्रमाणपत्र प्रदान गरिएको डोजोका सचिव विक्रम घलेले बताउनु भयो।
सुन्दर बजार नगरपालिकाका नगर उप-प्रमुख भवानी केसीको प्रमुख आतिथ्य तामा सञ्चालन भएको उक्त कार्यक्रममा वडा नं.९ का वडाध्यक्ष मनराज गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ, प्याब्सन लमजुङका अध्यक्ष मेन बहादुर घले, शिशु विद्याश्रम माविका प्रधानाध्यापक नानु माया पराजुली, भूपू सैनिक माबिका सहायक प्रधानाध्यापक दिनेश सापकोटा, वरिष्ठ कराते प्रशिक्षण चुनार गुरुङ, तिनपिप्ले कराते डोजोका अध्यक्ष निर्मला अधिकारी गुरुङ, साना सवारी यातायात प्रा.लीका अध्यक्ष बृक्समान घले लगायतको उपस्थिति रहेको थियो।
भूपू सैनिक आ.मा.बि, भोटे ओडारको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता डोजोका संस्थापक एवं अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।



