२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नवनियुक्त मन्त्रीहरूको शपथ आज

images

सत्कार खबर
  • २०८० वैशाख २१, बिहीबार
  • 856
    SHARES
  • नवनियुक्त मन्त्रीहरूको शपथ आज

    काठमाडौं  : नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरूङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

    नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरूङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । उनले खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ