२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

images

  • २०८० साउन २४, बुधबार
  • 1.3K
    SHARES
  • १० महिनापछि  नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

      साउन २४ ,काठमाडौं :नवौं राष्ट्रिय खेलकुदको खर्च राष्ट्रिय खेलकुद परिषद )राखेप) ले १० महिनापछि सार्वजनिक गरेको छ । गत वर्ष असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको  राष्ट्रिय खेलकुदको खर्च  राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । 

    राखेपले १० महिनापछि सार्वजनिक गरेको खर्च अनुसार नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ । जसमा २१ वटा उपशीर्षकमा खर्च विवरण प्रस्तुत गरिएको छ ।खेलाडीले पाउनुपर्ने रकम भुक्तानी वैशाखमा भइसकेको राखेपले जानकारी दिइएको छ ।

    यसपटक रकम सिधै खेलाडीको खातामा जम्मा गरिएको सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिनु भयो । ८ सय जना भन्दा बढीले स्वर्ण पदक पाएको उहाँले बताउनु भयो । 

    पदकको हिसाबले ३९७ स्वर्ण पदक भएपनि टिममा भएको खेलमा कुल ८४० खेलाडीको स्वर्ण पदकको रकम पठाइएको उहाँले बताउनु भयो । नवौं राष्ट्रिय खेलकुदको पुरस्कार खेलाडीहरुले प्रतियोगिता आयोजना गरिएको ५ महिनापछि पुरस्कार रकम प्राप्त गरेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ