२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

images

सत्कार खबर
  • २०८० वैशाख २२, शुक्रबार
  • 536
    SHARES
  •  सरकारमा सहभागिताबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


    काठमाडौं :-राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्ने भएको छ । उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

    आज दिउँसो बस्ने केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भयो ।

     यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रबी लामिछाने पुनः निर्वाचित भएर आउनु भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ