२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

खैरोहिरोइनसहित दुई युवक पक्राउ

images

सत्कार खबर
  • २०८० वैशाख २२, शुक्रबार
  • 1.1K
    SHARES
  • खैरोहिरोइनसहित दुई युवक पक्राउ

     काठमाडौं  : कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका(१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको जानकारी दिनु भयो ।

    उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ