२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

images

  • २०८० भदौ ८, शुक्रबार
  • 1.4K
    SHARES
  • नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

    भदौं ८,काठमाडौं : आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको  लक्ष्य दिएको छ।

    मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो। वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन्। ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन्।

    ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका सहित १८ रन बनाइन्। दोस्रो विकेटका लागि काजोल र इन्दुले २५ रनको साझेदारी बनाए। त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन्। इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन्। कविता कुँवर १, सम्झाना खड्का २ रन बनाए। कविता जोशी र बिन्दु रावल १ रनमा अविजित रहे ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ