२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : क्यानडासँग खेल्दै नेपाल

images

  • २०८० माघ २५, बिहीबार
  • 851
    SHARES
  • एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज : क्यानडासँग खेल्दै नेपाल

    काठमाडौँ : आजदेखि नेपाल र क्यानडाबिचको एकदिवसीय सिरिज सुरु हुँदैछ। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र क्यानडाबिचको खेल बिहान सवा ९ बजेदेखि सुरु हुनेछ। आजको खेलपछि नेपालले दोस्रो खेल शनिवार र तेस्रो खेल सोमबार खेल्नेछ।

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो। आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन्।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन्। नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ। करण केसी र गुलशन झा यस सिरिजमा छैनन्। आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन्। रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्न सक्ने सम्भावना छ।


    नेपालको घोषित टोलीमा रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह रहेका छन्।

    क्यानडाको घोषित टोलीमा साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ