२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

धनगढीमा बिरामीको मृत्युपछि आफन्त गरे प्रदर्शन

images

  • २०८० भदौ ११, सोमबार
  • 971
    SHARES
  • धनगढीमा  बिरामीको मृत्युपछि आफन्त  गरे  प्रदर्शन


    भदौ ११,काठमाडौं :धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

    पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको सोमबार मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले प्रदर्शन गरेका हुन् ।

    उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द गराएका हुन् । चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले पीडित पक्षको मागबारे अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी आएको बताउनु भयो । शुुक्रबार अस्पताल भर्ना भएका चौधरीको बायाँ मिर्गौलामा पत्थरी रहेको भन्दै शल्यक्रिया गरिएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ