२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दै छन् हामी देखाउँछौँ : महासचिव विप्लव

images

  • २०८० भदौ ११, सोमबार
  • 1.3K
    SHARES
  • माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दै छन्   हामी देखाउँछौँ :  महासचिव  विप्लव

     
    भदौ ११,काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने  बताउनु भएको छ ।  एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

     उहाँले  सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर  गर्नु भएको छ । फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’ उहाँले भन्नु भयो, ।

     कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उहाँले खुसि व्यकत गर्नु भएको छ । 

    देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उहाँले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको  बताउनु भयो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ