२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ललिता निवास प्रकरण: दुई जना प्रतिवादीको बयान सकियो

images

  • २०८० भदौ १२, मंगलबार
  • 951
    SHARES
  • ललिता निवास प्रकरण: दुई जना प्रतिवादीको बयान सकियो

     

    भदौ १२,काठमाडौं:ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान सकिएको हो । 

    १३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । उनी असार १७ मा पक्राउ परेका थिए ।

    ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुन् ।

    प्रहरीले उनलाई असार २६ मा पक्रेर ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरेको थियो । तर, सरकारी वकिल कार्यालयले ‘संगठित’ कसुरलाई बाहेक गरेर किर्ते मुद्दा मात्रै अदालतमा दर्ता गरेको छ । आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ