२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग

images

  • २०८० भदौ १२, मंगलबार
  • 1.7K
    SHARES
  • कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग


    भदौ १२, काठमाडौं :नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गर्नु भएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सुवालले  यस्तो बताउनु भएको हो ।

    बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने उहाँको भनाई छ । 

    त्यसैगरी उहाँले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण  गराउनु भयो ।  

    सांसद सुवालले भन्नु भयो,, ‘डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ ।

    बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ