२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६० किलो सुन प्रकरण : थप १ जना पक्राउ

images

  • २०८० भदौ १३, बुधबार
  • 726
    SHARES
  • ६० किलो सुन   प्रकरण : थप १ जना  पक्राउ

    भदौ १३,काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले थप एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेको सीआईबी स्रोतले जानकारी  दिएको छ । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ। यसअघि २३ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले पक्राउ परेका पौडेलको भूमिका के हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

    यही सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै सीआईबीका एसएसपी दिनेश आचार्य मंगलबार राति हङकङ गएका छन्। नेपालमा बरामद भएको सुन हङकङबाट आएको र यो प्रकरणमा चिनियाँ नागरिक समेत जोडिएकाले थप अनुसन्धान तथा सूचना संकलनका लागि भन्दै आचार्यलाई हङकङ पठाइएको हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ