भदौ १४, काठमाडौं : अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि अहिले दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे।
पहिरोका कारण करिब २ घन्टा सवारी आवागमन प्रभावित भएको थियो।



