भदौ १५, काठमाडौं : आज शुक्रबार देखि चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका खुल्ने भएको छ। लामो समय आवतजावत बन्द गरेको चीनले आजदेखि आवतजावत खुला गर्न लागेको हो।
गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले आजदेखि स्थानीयबासिन्दा पनि आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ,” उनले भने।
वि सं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै, तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। काठमाण्डौसँगको नजिकको नाका पूर्णरुपमा खुलेपछि मालसामान ढुवानीमा सहज हुनेछ। यसले स्थानीय बासिन्दासँगै व्यापारीहरु उत्साहित भएका छन्। नेपाली व्यवसायीले भूकम्प अघि खासा बजारबाट धेरैजसो सामान आयात गर्ने गरेका थिए।



