भदौ १५, काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीको आईपीओ १० कित्ताका दरले ७ लाख ६८ हजार आवेदकले पाएका छन्। १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेकामा ६ हजार ८०१ जनाको आइपीओ रद्द भएको छ। १४ लाख ६० हजार ६१ वटा आवेदन सदर भएकोमा तीमध्ये गाेलाप्रथामार्फत ७ लाख ६८ हजारलाई आइपीओ वितरण गरिएको हो । सदर आवेदकमध्ये नै ६ लाख ९२ हजार ६१ आवेदककाे हात खाली भएकाे छ।
कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।
जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ। सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।
आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ।



