२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

images

  • २०८० भदौ १५, शुक्रबार
  • 1.1K
    SHARES
  • पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

    भदौ १५, काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ।  

    इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ ले बढेको छ।

    आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ। वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ। अब ग्यास प्रतिसिलिन्डरकाे १ हजार ८९५, पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ र डिजल-मट्टितेल १७० रुपैयाँ पुगेकाे छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ