भदौ १६, काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज शनिबार साढे ८ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकारणले सूचना जारी गर्दै विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो।
रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा आज बिहान १० बजेदेखि बेलुका साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। निर्धारित समयअघि काम सकिए तत्कालै आपूर्ति गरिने पनि सूचनामा उल्लेख छ।
टेकु सबस्टेसनको स्तरोन्नती गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो।




