भदौ १६, काठमाडौं : गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो। टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपतिले जानकारी दिए।
आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएकाे थियाे। प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे थियाे.
शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ।



