२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपियो: अर्थमन्त्री डा. महत

images

  • २०८० भदौ १६, शनिबार
  • 651
    SHARES
  • पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपियो: अर्थमन्त्री डा. महत

     भदौं १६,काठमाडौं:अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको बताउनु भएको छ । 

    शनिबार आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा.महतले निजी क्षेत्र वा पत्रकार जगतलगायत सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको  बताउनु भएको हो । 

    ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा. महतले भन्नु भयो, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।’

    आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्ने  उहाँको भनाई छ । देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको बताउँदै उहाँले पत्रकार, बैंकिङ र निजी क्षेत्रबाट पनि सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ