भदौ १६,काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन्। मेयर शाहले भोलिदेखि पनि सरकारले महानगरका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाइदिने अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार’



