भदौ १७, काठमाडौं : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित पाँच किलोमा स्करपियो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन्।
दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो नजिकै दुर्घटना भएका हो। दुर्घटना भएको समयमा भारी वर्षा भएपनि स्थानीयले उद्धार गरेका थिए।
दुर्घटनाका घाइतेलाई धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो। घाइते हुनेमा सिन्धुपाल्चोकका संगीता बराइली, युसा बराइली, रामेछापका डोल्मा शेर्पा र प्रमोद महर्जन रहेको छन्।
दुर्घटनामा चालक उत्तमराज महर्जन र बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो।



