२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

images

  • २०८० भदौ १७, आइतबार
  • 641
    SHARES
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुदैछ कारोबार ?

    भदौं १७,काठमाडौं : आइतबार सुनको मूल्य बढेको छ र चाँदीको भने मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। 

    यस्तै, तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार १ लाख ११ हजार ९ ५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। 

    शुक्रबार प्रतितोला १ हजार ४७० रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ