भदौं १७,काठमाडौं : आज बिहान करिब साढे ५ बजेतिर सल्यानको बागचौर नगरपालिका ७ चौफारीमा बस पल्टिँदा ६ जना घाइते भएका छन्।
सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस कच्ची सडकको खाल्डोमा परेर दुर्घटना भएको थियो। घाइतेहरु सबैलाई उद्धार गरेर बागचौरमा रहेको पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।



