भदौ १७,काठमाडौं : एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले प्रतिफल घोषणा गरेको छ। फण्डले इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशत प्रतिफल बितरण गर्ने भएको हो।
फण्डले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट फण्डका इकाईधनीहरुलाई कर सहित ६.८० प्रतिशतले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल वितरण गर्ने भएको छ।



