भदौ १७,काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाने हुनुभएको छ । उहाँ हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लाग्नुभएको हो ।
एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेको बताइएको छ ।
समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन् ।



