भदौ १७,काठमाडौं :कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सकिने बताइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज आइतबार (भदौ १७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।



