२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

images

  • २०८० भदौ १८, सोमबार
  • 616
    SHARES
  • संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध   छ : प्रधानमन्त्री प्रचण्ड

    भदौ १८,काठमाडौं :प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बिन्धत विषय छिटो टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध भएको बताउनु भएको छ ।

     सोमवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।  यस सन्दर्भमा, द्वन्द्व पीडितहरूलाई क्षतिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । 
     

    यसका लागि पीडितलगायत सम्बन्धित सरोकारवालासँग परामर्श गरी बेपत्ता तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०१४ लाई संशोधन गरी २०२२ जुलाईमा संसदमा पेस गरिएको तर पास हुन नसकेको  उहाँको भनाई छ । 
    नयाँ संसद प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सरोकारवालाहरूले उठाएका समस्याहरूलाई समितिले समाधान गर्ने र नेपाललाई दिगो शान्तितर्फ लैजानेमा आफू आशावादी रहेको  बताउनु भयो । 

    जनआन्दोलन र जनयुद्धका कारण मात्र नयाँ संविधान सम्भव भएको भन्दै उहाँले नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको बताउनु भयो । जनयुद्धकै कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त भएको उहाँको भनाई छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ