२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

images

  • २०८० भदौ १८, सोमबार
  • 786
    SHARES
  • भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड   सम्पन्न

     भदौ १८,काठमाडौं: भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा बिहान आईपीओ बाँडफाँड गरेको हो ।

    मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरेको बताइएको छ । 

    क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । ९५ प्रतिशतको हात खाली भएको छ ।

    कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ