२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सभामुख घिमिरे र रुसी राजदूत अलेक्सेइबीच भेटवार्ता

images

  • २०८० भदौ १८, सोमबार
  • 1.2K
    SHARES
  • सभामुख घिमिरे र रुसी राजदूत अलेक्सेइबीच भेटवार्ता

    भदौ १८,काठमाडौं :काठमाडौं– नेपालका लागि रुसका राजदूत अलेक्सेइ अलेक्सेयेभिच नोभिकोभले सभामुख देवराज घिमिरेसँग भेटवार्ता  गर्नु भएको छ ।

     रुसी राजदूत नोभिकोभले सोमबार सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका हुन्। भेटका क्रममा आपसी सद्भाव, दौत्य सम्बन्धनका बारेमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।  

    सभामुखले नेपाल र रुस सम्बन्धबारे चर्चा गर्नु भएको छ । रुस नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सभामुख घिमिरेले सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र रुसको सम्बन्ध सुमधुर रहिआएको बताउनु भएको छ ।  

    नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै सभामुख घिमिरेले सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार प्रकट गर्नु भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ