२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से सामान्य अंकले वृद्धि,एक अर्ब ९ करोडको कारोबार

images

  • २०८० भदौ १८, सोमबार
  • 701
    SHARES
  • नेप्से सामान्य अंकले वृद्धि,एक अर्ब ९ करोडको  कारोबार

     भदौ १८, काठमाडौं : सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अंकले वृद्धि भएको छ । सोमबार सेयर बजार ७.०४ अंक (० .३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा पुगेर  रोकिएको छ । 

    १२ भदौमा १९९८.४८ विन्दुमा पुगेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १९६०.७८ बिन्दुमा झरेको थियो ।

    सोमबार २७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ३९ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ ।

    लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ