काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन दुवै बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा ९६.४८ प्रतिशतले वृद्धि गरेको देखिन्छ।
कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ११ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो।
समिक्षा अवधिमा कम्पनीले २८ करोड ७९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ खर्चिएको थियो।
कम्पनीको हालको चुक्त पुँजी ४ अर्ब १८ करोड रुपैयाँ, जगेडा कोषमा ९२ करोड रुपैयाँ र जीवन बीमा कोषमा १२ अर्ब रुपैयाँ रकम संञिती रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी (बार्षिकरण) १० रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५.४४ रहेको छ।



