भदौ २०,काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ ।
बुधबार दिउँसो नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले धारिलो हतियारले आक्रमण गरेको हो । रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



