२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भयो : गगन थापा

images

  • २०८० भदौ २१, बिहीबार
  • 776
    SHARES
  • यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भयो  : गगन थापा

      भदौ २१ ,काठमाडौं:नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्नु  भएको छ । 

    बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उहाँले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास गरिएको  भन्दै विरोध गर्नु भएको हो । 

    ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ उहाँले भन्नु भयो,। 

     थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराउदै ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?उहाँले पश्न गर्नु भयो ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ