२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वडाध्यक्षको निधनमा काठमाडौं महानगरले शुक्रबार दियो शोक बिदा

images

  • २०८० भदौ २१, बिहीबार
  • 626
    SHARES
  • वडाध्यक्षको निधनमा काठमाडौं महानगरले शुक्रबार दियो शोक बिदा

     भदौ २१,काठमाडौं :काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

    काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया ९भाइरल निमोनिया० भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

    रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ