भदौ २१,काठमाडौं : प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारी गाडी दुरुपयोग भइरहेको बताउनु भएको छ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताउनु भएको हो । उहाँले एकै मन्त्रीले ४र५ वटा सरकारी गाडी लिएको बताउनु भयो ।
औपचारिक कार्यक्रमका लागि कार, निर्वाचन क्षेत्रमा जान जिप, श्रीमतीलाई र आफन्तलाई गरी चार वटा गाडी लिने गरेको सिंहले दाबी गर्नु भयो ।



