भदौ २२,काठमाडौं :कोशी प्रदेश सभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।
शुक्रबार बेलुकी करिब ११–१५ बजे डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले बताउनु भयो ।
प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएकाअसई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेको उहाँको आरोप छ।
‘यस्तो घटनाले सिंगो ताप्लेजुङ नै अशान्ति र मुडभेडतर्फ धकेलिएको महशुस भएको छ, उहाँले बताउनु भयो । ‘यस विषयमा प्रहरी प्रशासनले उचित निकास निकाल्नुपर्छ, गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ। होइन भने चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।
ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्यले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए।
‘



