२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वैशाखदेखि यार्सागुम्बा अनुमति माग्न सकिने

images

  • २०८० भदौ २२, शुक्रबार
  • 661
    SHARES
  • वैशाखदेखि यार्सागुम्बा अनुमति माग्न सकिने

    भदौ २२,काठमाडौं : उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा वैशाखदेखि नै यार्सागुम्बा अनुमति माग्न सकिने भएको छ ।

    वन तथा वातावरण मन्त्रालयले यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिकाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदाले अब यार्सागुम्बा संकलन वैशाखदेखि असारसम्म गर्न सकिने गरी समय तोकेको हो । यसअघि यस्तो समय जेठ दोस्रो सातादेखि असार मसान्त थियो ।

    मन्त्रालयले शुक्रबार मस्यौदा सार्वजनिक गर्दै यसमा यसमा राय सुझाव भए १० दिन भित्र उपलब्ध गराउन  आग्रह गरेको छ । 
    मस्यौदा अनुसार हरेक वर्ष वैशाखदेखि असार मसान्त भित्र बढीमा ३० दिनको समय तोकेर यार्सागुम्बा संकलनको अनुमति दिइने भएको छ ।

    यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्छ । एक व्यक्तिलाई एक वर्षमा एक पटक मात्र यार्सागुम्बा संकलनको अनुमति दिने प्रावधानले निरन्तरता पाएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ