२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
वित्तीय विवरण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९.५१ प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?

images

  • २०८० माघ २९, सोमबार
  • 1.1K
    SHARES
  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १९.५१ प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?

    काठमाडौँ : आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ।

    कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १६ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा १९.५१ प्रतिशतले वृद्धि गरेको देखिन्छ।

    कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ७६ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो।

    समीक्षा अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ अभिकर्ता कमिसन मार्फत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ खर्चिएको थियो। गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिसनमा बढी रकम खर्चिएको छ।

    कम्पनीको हालको चुक्त पुँजी ३ अर्ब २ करोड रहेको छ।  कम्पनीको प्रतिशेयर आम्दानी १२.१३ रुपैयाँ र प्रति शेयर नेटवर्थ १६७.५५ रुपैयाँ रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ